काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले हतियार खरिदबारे संसदलाई जानकारी दिनुपर्ने माग गरेको छ।शुक्रबार प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै एमाले सांसद पवित्रा निरौला खरेलले हतियार खरिदबारे प्रधानमन्त्रीसँग जवाफ माग गरेकी हुन्।
‘हतियार खरिदका लागि ठूलो रकम विनियोजन भएको कुरा आइरहेको छ’, उनले भनिन्, ‘संसदमा पटक पटक यो कुरा उठेको छ। प्रधानमन्त्री कहि कतै हतियार ल्याइँदैन भनेको सुनियो तर किन प्रधानमन्त्रीले संसदमा भन्न सक्नुहुन्न। यहाँ आएर प्रष्ट पार्न जरुरी छ।’ हतियार खरिदका लागि सरकारले रमान्तर गरेको कुरा सार्वजनिक भएको थियो। सरकारले आर्थिक अवस्थामा समस्या आइरहेको समयमा हतियार खरिदको प्रक्रिया अघि बढाएको भन्दै आलोचना भइरहेको छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका लागि हतियार नकिन्ने बताएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १३ : ३८
लेखकबाट थप