काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ नेतामाथि उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेको छ । पार्टीको अनुशासन उलंघन गरेको ठहरसहित यादव समूहको वीरगन्जमा बसेको बैठकबाट कारबाहीको घोषणा भएको हो ।
वन तथा वातावरणमन्त्री समेत रहेका केन्द्रीय सदस्य प्रदीप यादवले वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ जनालाई तत्काल पदमुक्त गर्ने निर्णय पारित गरेको जानकारी दिए ।
कारबाहीमा पर्नेमा भट्टराईसहित कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, प्रशान्त सिंह, हिसिला यमी, गंगानारायण श्रेष्ठ, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन् । उनीहरुमाथि पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप छ ।
पार्टी विभाजनको संघारमा रहेका बेला भट्टराई समूहले काठमाडौंमा छुट्टै भेला गरेको थियो भने उपेन्द्र यादव पक्षले भने वीरगन्जमा बैठक राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
जसपा नेपालले आइटी सेल गठन गर्ने