नेपाली वस्तु उत्पादन र निर्यातमा देखिएका कठिनाई चाँडै समाधान हुन्छ : मन्त्री यादव

आइतबार, २० जेठ २०७५, १७ : ४५
नेपाली वस्तु उत्पादन र निर्यातमा देखिएका कठिनाई चाँडै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपाली वस्तु उत्पादन र निर्यातमा देखिएका कठिनाई चाँडै समाधान गर्ने बिश्वास व्यक्त गर्नुभएको छ ।
आईतबार काठमाडौमा आयोजित युनाईटेड बेभरेज प्रालिले बजारमा ल्याएको उत्पादन सार्वजनिक कार्यक्रममा उहाँले समाधानका पाटो खोज्न सुझाव र सल्लाह दिन उद्योगपतिहरुलाई आग्रह पनि गर्नुभयो । उहाले निजीकरणका नाममा नेपालका राष्ट्रिय उद्योगधन्दाहरु धराशायी भइरहेको भन्दै उद्योग धराशायी बनाउन राजनीतिक दलकै संलग्नता रहेको आरोप पनि लगाउनुभयो । उद्योगी व्यवसायीहरुले सरकारलाई तिर्नुपर्ने कर छल्ने गरेको भन्दै मन्त्री यादवले कर छलीमा संलग्नलाई कडा कारवाही गरिने चेतावनी दिनुभयो ।
उहाले अहिले भाषणभन्दा पनि काम गर्ने बेला भएको भन्दै मुलुक निर्माणमा सरकार गम्भीर भएर लागेको धारणा पनि राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस