ग्यास चुहिँदै गरेको अवस्थामा बाढीले बगायो बुलेट

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, ०८ : २६
ग्यास चुहिँदै गरेको अवस्थामा बाढीले बगायो बुलेट

काठमाडौँ । अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट  बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । 

प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बताएका छन् । 

ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।  

प्रहरीले घटनाबारे जानकारी आएपछि थप विवरण आउन बाँकी रहेको जनाएको छ ।