बढुवामा विभेद

यी हुन् डिएसपीबाट एसपी बढुवामा सिफारिस भएका २८ जना (नामावलीसहित)

आइतबार, २० जेठ २०७५, १५ : ५५
यी हुन् डिएसपीबाट एसपी बढुवामा सिफारिस भएका २८ जना (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीको शनिबार बसेको बढुवा समितिको बैठकले २८ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिले प्रकाशन गरेको सूची अनुसार बढुवा हुनेमा अच्युतप्रसाद पुडासैनी, गंगा पन्त, आभुषण तिम्सिना, सोमेन्द्रसिंह राठौर, रविकुमार पौडेल, विश्वमणि पोखरेल लगायत रहेका छन् ।

बढुवामा विभेद
प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा अधिकृतको रुपमा कार्यरत डिएसपी सानुराम भट्टराई कार्यक्षमतामा कमजोर मानिएपनि चौथो नम्बरमा बढुवा सिफारिस भएका छन् । एसपी बढुवामा प्रभावशाली व्यक्तिहरुका आफन्त र नजिकका मान्छे बढुवा गरिएको भन्दै प्रहरी संगठनभित्र असन्तुष्टि देखिएको छ ।
बढुवामा विभेद गरिएको भन्दै कतिपय उच्च प्रहरी अधिकारीले नै असन्तुष्टि जनाएका छन् । असन्तुष्ट प्रहरी अधिकारीका अनुसार, बढुवा समितिले बरियतालाई लत्याएर राजनीतिक दबावमा प्रहरी अधिकृतहरुलाई बढुवा गरेको छ । बढुवा सिफारिस सूचीको एक नम्बरमा बढुवा भएका प्रहरी नायब उपरीक्षक अच्युत पुडासैनी बढुवा समितिका अध्यक्ष सहसचिव हरि पुडासैनीका भाइ हुन् । इन्सपेक्टरबाट डीएसपी बढुवा हुँदा पुडासैनी ३५ नम्बर बरियतामा रहेका थिए ।  ३५ नम्बर बरियातमा रहेका पुडासैनी एक नम्बरमा बढुवा हुँदा एक नम्बर बरियतामा रहेकी गंगा पन्तलाई १५ नम्बरमा धकेलिएको छ । अन्य केही डिएसपी पनि यस्तै विभेदको शिकार भएको स्रोतको दाबी छ । बढुवाको सिफारिसमा परेका २८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को नामावली यस्तो छ :

प्रतिक्रिया दिनुहोस