एजेन्सी । रुसी सेनाको रकेट हमलामा १५ जना युक्रेनीको मृत्यु भएको छ। पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमला गरेको हो ।
आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएर बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन्।
पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्रापत विवरणहरुमा जनाइएको छ। चासिभ यार दोनेत्स्क सहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ। पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ असार २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु
रुसी सेनामा गएका परिवारजनको उद्धारको माग गर्दै अनसन
रुसी सेनामा भर्ति भएका तनहुँका नौ युवा अझै सम्पर्कविहीन
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : प्रदीप पौडेल
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण
रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण