कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, ११ : ००
कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने

काठमाडाैँ ।नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने भएकाे छ।बैठक आइतबार १२ बजे बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ।

बैठकमा छलफलका एजेन्डाबारे अहिले नै प्रष्ट नभए पनि भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा छलफल हुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।पदाधिकारी बैठक दिउँसाे १ बजे पार्टी कार्यालय, सानेपामा बस्दैछ।

अघिल्लाे बैठकमा शेखर पक्षले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालेको थियो।काेइराला पक्षधरहरूले पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस