काठमाडौं । ‘हामी भागबन्डाको राजनीति, गुटबन्दीको राजनीतिमा लाग्दैनौं। काम गर्दै जान्छौं। राम्रो काम गर्दै गए पक्कै पनि उहाँहरूलाई सोच्न बाध्य बनाउँछौं।’ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिर २९ गते १४औं महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आयोजना गरिएको धन्यवाद कार्यक्रममा व्यक्त गरेको धारणा हो यो।
सभापतिमा पराजयपछि आयोजना गरिएको धन्यवाद कार्यक्रममा नेता शेखरले नेतृत्वका लागि भएको प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र भएको जनाउँदै आफूमा कुनै कुण्ठा नभएको धारणा राखेका थिए। महाधिवेशनपछि निरन्तर निकटहरूको बैठक गर्दै आएको शेखर पक्षले असार १६ र १७ गते काठमाडौंमा भेला गरेर सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको ठहर गरेको छ।
पार्टीभित्र ४० प्रतिशत मत ल्याउने पक्षलाई बेवास्ता गरिएको भन्दै शेखर पक्षले निर्णय प्रक्रियादेखि सबै विषयमा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। पार्टीको विधिविधानअनुसार सभापति देउवा अघि बढ्न नसकेको र उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई न्याय गर्न नसकेको भन्दै पार्टीभित्र ‘रचनात्मक विद्रोह’ गर्ने उद्घोष भन्दै कोइराला पक्षले गरेको छ।
कोइराला पक्षको यो निष्कर्षसँगै कांग्रेसभित्रको गुट राजनीति थप सशक्त हुने देखिएको छ। कोइराला पक्षले पार्टीका सबै निकायमा भाग खोज्ने र लिने निष्कर्ष निकाल्दै उपसभापति र महामन्त्रीका प्रत्यासी चन्द्र भण्डारी र मीनेन्द्र रिजाललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत नगरेकोमा पनि असन्तुष्टि जनाएको छ। सभापति देउवाले सभापतिका सबै प्रत्यासीसहित उपसभापति र महामन्त्रीका अधिकांश उम्मेदवारलाई केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन्।
मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट परम्परागत गुटहरू भत्किएर नयाँ निर्माण भएका छन्। सभापति देउवाले नेतृत्व गरेको परम्परागत गुटमा केही क्षयीकरण भएको छ। महाधिवेशनबाट इतर पक्षका गुट पनि तितरबितर बन्न पुगेका छन्। त्यससँगै कांग्रेसभित्र दर्जन बढी समूह अहिले सक्रिय छन्।
देउवा नेतृत्वको गुटमा रहेका तत्कालीन उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका थिए। दोस्रो चरणमा भएको निर्वाचनमा निधिले देउवालाई नै समर्थन गरे। तर इतर पक्षबाट सभापतिको प्रत्यासीमा सहमति जुट्न नसक्दा १३औं महाधिवेशनपछि गुटको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल रुष्ट मात्र बनेनन्, प्रक्रियामै सहभागी भएनन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २५ असार २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा