काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने बताएका छन् ।
प्रतिनिधिसभाले १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी पास गरेको थियो । तर नारायणकाजी श्रेष्ठ समूहका नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसबेला स्थानीय चुनावपछि पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्म लैजाने सहमति भएको थियो । त्यतिबेला २० जेठमा केन्द्रीय समिति बैठकको मिति समेत तोकिएको थियो ।
तर पटक पटक मिति सर्दै बैठक १९ असारमा सुरु भयो । तर यो बैठकमा एमसीसी एजेण्डामै परेन । बिहीबार यही बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीबारे संघ र प्रदेशको निर्वाचनपछि विशेष बहस गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा