काठमाडौँ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि तराई मधेश जागरण अभियान सञ्चालदन गर्ने भएको छ ।
जनतासँग माओवादी अभियान कार्यक्रमअनुसार सो कार्यक्रम गर्ने तय भएको माओवादीले जनाएको छ ।
पार्टी केन्द्रीय समितिको निर्णयअनुसार हालै बसेको कार्यालय बैठकले मिति तय गरेको र सो अभियान हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित भएर गरिने माओवादीका एक पदाधिकारीले बताए ।
यसको ठोस कार्यक्रमिक स्वरुप सम्बन्धित प्रदेश कार्यालयहरुसँगको परामर्शका आधारमा तय गरिने ती नेताको भनाइ छ । यस्तै फागुन महिनामा शैक्षिक संस्थाकेन्द्रित युवा विद्यार्थीसँग माओवादी अभियान समेत सञ्चालन गरिने तय भएको छ ।
यससम्बन्धी ठोस कार्यक्रम पनि सम्बन्धित प्रदेश कार्यालयहरुले तय गरी कार्यान्वयन गर्ने माओवादीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव