चितवन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले लाईसेन्स वितरणको सम्पुर्ण तयारी गरेपछि साउनको दोश्रो सातादेखि प्रयोगात्मक परिक्षा समेत भरतपुरमै हुने भएको छ ।
यसअघि कार्यालयले असार अन्तिम सातादेखि नै ट्रायल लिने बताउदैं आएको थियो । तर वाग्मती प्रदेशका मुख्यमन्त्रीको कार्यालयको निर्देशनमा ट्रायल सेन्टरको विषयलाई लिएर यो प्रक्रिया स्थगित भएको थियो । ‘आर्थिक प्रस्तावको सूचना स्थगित भएपछि मुख्यमन्त्रीको कार्यालयले छानबिन ग¥यो । कानुनबमोजिम प्रक्रिया पुनः अघि बढाउनू भन्ने पत्र आएपछि हामीले प्रक्रिया अघि बढाउन लागेका हौँ’, यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलले भने ।
चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा ट्रायल सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए । प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । यातायात व्यवस्था सेवा कार्यालयले अब असार २३ गते आर्थिक प्रस्ताव खोल्ने र मूल्याङ्कन गरिने जनाएको छ । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए ।
‘आर्थिक मूल्याङ्कनमा छनोटमा परेको ट्रायल सेन्टरलाई सम्झौता गर्न आउने भनी १५ दिनको सूचना निकाल्छौँ । त्यसबीचमा कोटा र सिस्टम खोलिदिनका लागि यातायात विभागमा र जनशक्ति उपलब्ध गराइदिन भनी प्रदेश सरकारसमक्ष आग्रह गर्छौं’, उनले भने । ट्रायल लिन कार्यालयलाई कम्तीमा तीनदेखि पाँच जनासम्म कर्मचारी चाहिने उनले बताए । ट्रायल सेवा सुरू गर्न कार्यालयसँग अहिले एउटा पनि कर्मचारी छैनन् ।
चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले बताए । ‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असार २०७९, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल