काठमाडौँ । सवारी चालक अनुमतिपत्रमा भएको त्रुटि अब प्रदेशस्थित कार्यालयबाट सच्याउन पाइने भएको छ ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा सेवा कार्यालयबाट सम्पादन गर्ने निर्णय भएको जानकारी गराएको छ ।
नेपालको संविधान २०७२ र कार्य विस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार प्रदेशलाई दिएको छ । सोहीकारण विभागले सेवाग्राहीको सेवा ध्यानमा राख्दै उक्त अधिकार प्रदेशलाई दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल
टुरिस्ट गाइड लाइसेन्स चेकिङमा कडाइ