काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले पेश गरेको १० बुँदे प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका केही नयाँ सन्दर्भ प्रस्तुत गरिएको छ ।
यस्तै वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण, गठबन्धनको समीक्षा पनि संक्षेपमा गरिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।
यि सबै विषयमा सोमबारको बैठकमा केन्द्रीय सदस्यहरुले खुलारुपमा आफ्नो भनाइ राख्न सक्ने प्रचण्डले बैठकमा बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा