नेपालटारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, १५ : २७
नेपालटारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले नया शाखा विस्तार गरेको छ । तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७कार्यालयर ११८ वटा ए.टि.एम्. संचालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस