काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानाडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानाडामा रहेको नेपालले शुक्रबार ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्नेछ ।
खेल नेपाली समयअनुसार राति पौने नौ बजे सुरु हुनेछ । यसपछि नेपालले क्यानाडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले क्यानाडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टोली भारत प्रस्थान
नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने
नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने