काठमाडौं । नेकपा (एमाले) सांसद एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काडमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताए । सांसद रावलले सरकारले अमेरिको राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी बिरोधपछि रोकिएको दाबी गरे । उनले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप पनि लगाए ।
सांसद रावलले नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरुले दैनिकी कष्ठकर र पीडादायी हुने बताए । उनले ७ भन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म कानमा तेल हालेर बसेको आरोप लगाए । सांसद रावलले सरकार र गठबन्धन दलहरु कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताए ।
उनले देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाए । उनले भने, ‘नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा जुन बाह्य हस्तक्षेप बढेको छ । बाह्य हस्तक्षपलाई मुक्त नगर्ने हो भने नेपालका आउने दिनहरु झनै कष्टकर र पीडादायी हुने निश्चित छ । ६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छालो गोह्रो भएकी एउटा महिलाले बोलिरहेको देखेँ । यो देशमा गृह मन्त्रालय कहाँ छ । सुरक्षा प्रणाली कहाँ छ ? परराष्ट्र नीति कहाँ छ ? नेपालमा शरणार्थी आउने बाटो अरु छैन । की हवाई जहाजबाट आउनुप¥यो । त्यहाँबाट आएका हुन् भने अध्यागमनबाट छिर्न दिइयो । नभए भारतबाट आउँछन् ।’
उनले फेरि भने, ‘यदि शरणार्थी कुनै देशबाट आयो भने त्यही देशले शरण दिनुपर्छ । अर्काको देशमा पठाउन पाइँदैन । कसरी नेपालमा आए । अनि यो सरकार कुन मन्त्री कति महिना भनेर भागबण्डा परेर कति खाने भनेर मात्रै ध्यान छ की यो देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन भन्ने कुरा प्रधानमन्त्री र सरकारमा बस्नेहरुलाई चिन्ता छ । यस्तो अवस्थामा एसपीपी लागू गर्न खाजेको थियो । तर अहिले नमान्ने पत्र पठाएको भनेको छ । त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’
सांसद रावलले सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने भनेर पत्र नै नपठाएको आरोप लगाए । उनले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिएपनि पत्र भने नपठाएको दाबी गरे । सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले बुझाएको बताए ।
उनले नेपालको परराष्ट्र नीतिलाई मिच्ने,मनपरी निर्णय गर्ने,कुटनीतिक रुपमा पत्रचार गर्ने निकायले पत्रचार गर्ने र ठूला शक्तिराष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखा परेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा