मोरङ । अवरिल वर्षाका कारण मोरंगमा एकजनाको मृत्यु हुनुका साथै ३ सय ५० बढि घर डुबानमा परेका छन्। विराटनगर महानगरपालिका ६ मा नालामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब सवा ११ बजेतिर महानगर ५ का ३० वर्षीय सन्तोष मण्डलको शव नालामा आधा भाग डुबेको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार बुधबार बिहानसम्म जिल्लाका विभिन्न स्थानमा गरि ३ सय ६७ वटा घर डुबानमा परेको हो। प्रहरी कार्यालय मोरंगका अनुसार मोरंगको सिंघिया खोलाका कारण ३ सय ५९ वटा घर डुबानमा परेको छ।
उनका अनुसार वर्षाका कारण सिंघिया खोलामा पानीको सहत बढेपछि कटहरी गाउँपालिका १, विराटनगर महानगरपालिका ८, ७, जहदाँ गाउँपालिका १, २ र बुढीगंगा गाउँपालिका १ मा सो संख्यामा घर डुबानमा परेको हो।
सिंघिया खोलाका कारण हालसम्म १ हजार ३ सय ३५ परिवार संख्या प्रभावित भएका छन्। प्रहरीका अनुसार जहदाँ गाउँपालिकामा डुबानबाट प्रभावित ४ सय ५० परिवार संख्या भने खोलामा पानी कम हुदै गएपछि आफनै घर फर्किएका छन्।
योसँगै हालसम्म जिल्लाभरी डुबान र बाढीका कारण १ हजार ३ सय ६८ परिवारसंख्या प्रभावित भइसकेको प्रहरीले जनाएको छ। उनीहरुलाई सुरक्षित स्थलमा बसोबासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकामा बाढी डुबान हुँदा स्थानीय प्रभावित भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेलिकप्टर परिचालन
बाढी पहिरोमा परेर देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता
३१ बर्षपछि कुलेखानी ड्याम भरियो
झापामा अविरल वर्षापछि डुबान, सडकहरू अवरुद्ध