गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको: ज्ञवाली

सफल खबर संवाददाता

मंगलबार, १४ असार २०७९, १४ : ४७
गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको: ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् ।भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे ।मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ति बलिरहेको स्थिति छ ।’

मुलुकको अर्थतन्त्र कुल बेला ‘कोल्याप्स’ हुन्छ भन्ने गम्भीर आशंकाले अर्थशास्त्री, व्यवसायी तथा आम जनता चिन्तित भएको समेत ज्ञवालीको धारणा छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखा परेका दाबी गरे ।

प्रतिक्रिया दिनुहोस