समाजवादको जग बसाउनकै लागि गठबन्धनको सरकार बनेको :पौडेल

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १६ : ५५
समाजवादको जग बसाउनकै लागि गठबन्धनको सरकार बनेको :पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समाजवादको जग बसाउनकै लागि गठबन्धनको सरकार बनेको बताएका छन्। 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद नआउने बताएका हुन्। 

उनले भने, ‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने अवस्था छ। हामी समाजवादको कुरा गर्दैछौँ। सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ? समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ?’

नेता, कार्यकर्ताले संस्कार नबदलेसम्म समाजवाद आउन नसक्ने बताए।एकीकृत समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रालयबाट बाहिरिने क्रममा झाँक्री आइतबार पत्रकार सम्मेलनकै क्रममा भावुक बनेर रोएकी थिइन्। 

प्रतिक्रिया दिनुहोस