काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामति ऐन छिट्टै संसदमा दर्ता गर्ने बताएका छन्।
सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामति ऐन दर्ता गर्ने बताए।उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरुको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताए। गठबन्धन दलहरुसँग समेत छलफल गरेर छिटै संसदमा ऐन दर्ता गराउने तयारी रहेको उनको भनाइ छ।
उनले भने, ‘संघीय निजामति ऐन मन्त्री बन्नुभन्दा अगाडि संसद अवरुद्ध भइरहेको अवस्था थियो। हतार भएकाले प्रतिनिधि सभाबाट फिर्ता लिने काम भएको थियो। जारी गर्ने प्रयत्न पनि भइरहेका थिए। तर राजनितिक रुपमा त्यस्ता विषय वस्तुहरु अगाडि बढाउँदा सबै दलहरुको महाधिवेशन भएको थियो। त्यसपछि स्थानीय तहको निर्वाचन मिति तय भयो। त्यसपछि फेरि ल्याउन समस्या भयो। अहिले संसद सुचारु भइरहेको पस्थितिमा छिटोभन्दा छिटो संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौँ।’
मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउनको लागि संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसदको दुई सदनमध्ये कुनै एकमा प्रस्तुत गर्ने तयारी भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असार २०७९, १४ : ०८
लेखकबाट थप