काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपु¥याउनुमा सरकार दोषी रहेको आरोप लगाएका छन् ।
कुल विद्यार्थी संख्यामा सामुदायिक विद्यालयमा ७५ प्रतिशतले अध्ययन गर्ने उल्लेख गर्दै भट्टराईले भने ,‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’
काठमाडौंका सामुदायिक विद्यालयमा समेत ३० प्रतिशत पुस्तक नपुगेको उनले संसदमा बताए । ढुवानी सहज भएका स्थानमा समेत पुस्तक नपुगेको सुनाउँदै उनले दुर दराजमा हालत के होला भनि प्रश्न राखे ।
पुस्तककै कारण विद्यार्थी विद्यालय नजाने अवस्था आएको उनले बताए । ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उनले सरकारको जवाफ मागे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १४ : ३६
लेखकबाट थप