संसदमा एमाले सांसदको प्रश्न: अर्थमन्त्रीको राजीनामा कहिले आउँछ?

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १४ : ०५
संसदमा एमाले सांसदको प्रश्न: अर्थमन्त्रीको राजीनामा कहिले आउँछ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्।आइतबार संसदको शून्य समयमा एमाले सांसद घनश्याम खतिवडाले अर्थमन्त्री शर्माको राजीनामा कहिले आउँछ भनेर प्रश्न गरेका हुन्।

खतिवडाले भने, ‘करका दर मनलाग्दी तरिकाले हेरफेर गरिएको छ। महंगी अचाक्ली बढेको छ, जनताले जीवन धान्न सक्ने अवस्था छैन।’यसैगरी,   एमालेका अर्का सांसद झपट रावलले संसदको शून्य समयमा बोलिएका कुरालाई सुनिने समयका रूपमा लागू गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस