शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन: आशाकुमारी

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, १३ : २०
शून्य समयमा बोलेको विषयमा सरकारले चासो दिएन: आशाकुमारी

काठमाडौं । सांसद आशाकुमारी विकले प्रतिनिधिसभाको शून्य समयमा बोलेको विषयमा चासो नदिएको बताएकी छन्।प्रतिनिधिसभाको आइतबारको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले सांसदहरूको ध्यानाकर्षणमा सरकार अप्रिल फुल मनाएर बसेको आरोप लगाइन्।

गत कात्तिकमा गएको बाढीपहिरोले बझाङमा दर्जनौँ घरपरिवार पीडित भए पनि सरकारले अहिलेसम्म राहतका लागि कुनै चासो नदिएको उनकाे भनाइ छ।मन्त्री र सांसदहरू हेलिकोप्टरमा चढेर निरीक्षण गर्न गए, तर पीडितको अवस्था अहिले पनि उस्तै छ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस