गठबन्धन दलका घटकहरूले शक्तिको अवमूल्यन गरे : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

आइतबार, १२ असार २०७९, ११ : ३७
गठबन्धन दलका घटकहरूले शक्तिको अवमूल्यन गरे : अध्यक्ष  नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलका घटकहरूले शक्तिको अवमूल्यन गरेको आरोप लगाएका छन । अखिल नेपाल महिला संघको कार्यक्रममा बोल्दै उनले गठबन्धनबाट अपमान भएको बताए।

गठबन्धनका नेताहरूले बेवास्ता भएको स्वीकार गरेको समेत उनको भनाइ छ । उनले चुनावमा आफूहरूबाट पनि कमजोरी भएको बताउँदै अबको निर्वाचनमा गठबन्धन भएन भने पनि सबै ठाउँमा उमेदवार बन्नेगरी तयारी गनुपर्ने उनको भनाइ छ । स्थानीय तहको निर्वाचनमा आफूहरूले आँकलन गरेअनुसारको मत ल्याउन नसकेको उनले बताए। 

“अहिलेको निर्वाचनमा हामीले २८ प्रतिशत सिटमा मात्रै उमेदवारी दिएका थियौँ । २८ प्रतिशत उमेदवारी दिएका ठाउँबाट हामीले ९ लाख २७ हजार मत पाएका छौँ,” उनले भने, “कम्तिमा पनि यसको दोब्बर २० लाख भोट पाउन सक्ने रहेछौंँ । जबकि, सबै ठाउँमा संगठन पुर्‍याउन सकेका छैनौँ ।” मत बदर भएका कारण आफूहरूले तुल्सीपुर, इटहरी र काठमाडौंको उपमेयरमा हारेको बताए । 

प्रतिक्रिया दिनुहोस