काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेका छन् । आज राज्यका निर्देशक,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।
‘जबसम्म राज्यले इम्बोस्ड नम्बरसँग सम्बन्धित उठेका सबै विषयको जवाफ दिँदैन तबसम्म यो नम्बर प्लेट जडान गर्दिनँ,’ रावलले भने, ‘जति वर्ष जेल हाल्छ हालोस् ।’ उनले इम्बोस्ड नम्बर प्लेटमा गुणस्तर समेत नभएको र घोटालाको गन्ध आएकाले यो जडान नगर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असार २०७९, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा