काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्नेमा जोड दिए ।
स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउनुहुँदै मुख्यमन्त्री राउतले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने बताए । “स्वास्थ्य नै महत्वपूर्ण कुरा हो”, उनले भने, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।” योग गर्दा स्वास्थ्यसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ थियो ।
पर्सा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिद्वारा आयोजित योगाभ्यास कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु
मधेस प्रदेशमा धान उत्पादन बढ्यो