विर्तामोड । भारतको पानी टंयाकीमा रेल दुर्घटनामा हुँदा एक नेपाली युवकको मृत्यु भएको छ।
नेपाल भारत सीमाको बजारस्थित पानी टंयाकी बोर्डरमा रेल दुर्घटनामा परेर मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।
बिहीबार साँझ ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो पार गर्नेक्रममा रेलले ठक्कर दिँदा उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।
बिहारबाट सिलिगुडीतर्फ तीव्र गतिमा गइरहेको रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झारखण्डमा रेल दुर्घटनाः २ जनाको मृत्यु, २० घाइते
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रेल दुर्घटना : पाँचको मृत्यु, २५ जनाभन्दा बढी घाइते
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा