ब्युनस आयर्स। ब्युनस आयर्समा शुक्रबार एउटा यात्रीवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते भएका करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुईजनाको अवस्था गम्भीर छ ।
दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रीवाहक रेल एक रेलवे पुलको ट्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो ।रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रीवाहक डिब्बा पटरी ९लिक०बाट खसेको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २९ बैशाख २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झारखण्डमा रेल दुर्घटनाः २ जनाको मृत्यु, २० घाइते
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रेल दुर्घटना : पाँचको मृत्यु, २५ जनाभन्दा बढी घाइते