सरकाले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी(अलंकार लगायतका सम्मान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ । त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ ।
२०६२, ६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो । जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्रअघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब ३८ हजार तक्मा गृह मन्त्रालयमा बेवारिसे अवस्थामा छन् ।
बेवारिसे अवस्थामा रहेका धेरैजसो तक्मा राजतन्त्र कालमा सिफारिस गरिएका छन् । यी तक्मा निर्माणका लागि सरकारले १ अर्ब हाराहारीमा खर्च गरेको गृह मन्त्रालयकै अधिकारीको भनाइ छ। आजको कारोवारमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ जेठ २०७५, ०८ : ०७
लेखकबाट थप