हेटौंडा । प्रदेश ३ को राजधानीबारे प्रदेशसभा बैठकमा फेरि चर्चा सुरु भएको छ । बैठकको विशेष समयमा बोल्ने ६ सांसदले संवैधानिक व्यवस्थाअनुसार तत्काल टुंग्याउन माग गरेका छन् । आजको कान्तिपुरमा यो खबर छापिएको छ ।
नेपाल मण्डलको चर्चा
प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको सभासद बसन्त मानन्धरले बताएका छन् । भक्तपुर जिल्ला मानन्धर युवा संघ घोषणा सभामा सभासद मानन्धरले प्रदेश ३ को नाम नेपाल मण्डल राख्ने तयारी भएको बताए ।
नवगठित नेपाल म्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मानन्धरले राजधानीलाई हेटौंडाबाट अन्यत्रै सार्ने संकेत गर्दै प्रदेश नामकरणको तयारी गरेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ जेठ २०७५, ०७ : ४९
लेखकबाट थप