काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् समिति बैठक बोलाउने भएको छ । बुधबार सम्पन्न स्थायी कमिटीको १२औं बैठकले असार १३ र १४ गते गर्ने केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि पार्टी पोलिटब्युरो बैठक असार १० र ११ गते बस्नेछ ।
बुधबार सम्पन्न बैठकले पार्टी अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल भएर पारित भएको छ । छलफलमा २७ जना नेताहरुले आ–आफ्नो धारणा राखेको महासचिव बेदुराम भुसालले जानकारी दिए ।
छलफलपछि अध्यक्षले बैठकमा उठेका जिज्ञासाहरुको जवाफ दिंदै प्रतिवेदन पारित गर्न प्रस्ताव गरेको र सर्वसम्मतीले उक्त प्रतिवेदन पारित गरिएको उनको भनाइ छ । त्यसपछि बैठकले यस बीचमा पार्टी सचिवालयले गरेका विभिन्न राजनीतिक तथा सांगठनिक निर्णयहरुको अनुमोदन पनि गरेको उनको भनाइ छ ।बैठकले ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले तोक्यो ३३ वटा केन्द्रीय विभागका प्रमुख र उपप्रमुख
एकीकृत समाजवादीका तीनवटै कमिटीकाे बैठक फागुनमा बस्ने
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा