काठमाडौं । काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो। घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो। उनको बायाँ कानमुनि चोट लागेको छ। उनको उपचारपछि डिस्चार्जसमेत भइसकेको छ।
प्रहरीका अनुसार घटनामा सोही कलेजका मानविकी संकाय अन्तर्गत कक्षा ११ मा पढ्ने विद्यार्थीहरू संलग्न देखिएका थिए। म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
जोसन बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ। १० दिन अघि कलेजमा बास्केट बल खेल्दा विद्यार्थीहरूबीच बिबाद भएको थियो। त्यही विषयलाई कलेजमा मंगलबार दुई पक्षबीच झगडा हुन लागेपछि रोक्न पुगेका सुरक्षागार्डमाथि आक्रमण भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असार २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै
विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
५ लाख मान्छेले छाडे काठमाडौँ
काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु