काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सेफ नेपाल नामक संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २४० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नापी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक यादवविरुद्ध मुद्दा दायर
इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फरक-फरक जन्म मितिको नागरिकता पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, एक अर्ब बढी बिगो