फरक-फरक जन्म मितिको नागरिकता पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १६ : २५
फरक-फरक जन्म मितिको नागरिकता पेश गरेर नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको दुर्गा आधारभूत विद्यालयका तत्कालीन शिक्षक बोधराज पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।झुट्टा वितरण पेश गरी शिक्षकमा नियुक्ति लिई भ्रष्टाचार गरेको आरोपमा पौडेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

पौडेल पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दी, तारेभीरस्थित दुर्गा आधारभूत विद्यालयका शिक्षक हुन् ।आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलले सरकारी जागिर प्रयोजनका लागि दुई वटा नागरिकता प्रयोग गरेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

दुर्गा आधारभूत विद्यालयमा अस्थायी शिक्षक नियुक्ति हुँदा जन्म मिति २०१३ वैशाख २७ गते उल्लेख भएको नेपाली नागरिकताको प्रमाण पत्र पेश गरेका थिए ।तर, शिक्षक सेवा आयोगमा दरखास्त दिई २०६० चैत २६ मा स्थायी नियुक्ति हुँदा उनले ७ वर्ष कम उमेर रहेको जन्म मितिको नागरिकता पेश गरेका थिए ।

स्थायी नियुक्तिका लागि उनले आफ्नो शैक्षिक प्रमाण पत्र अस्थायी नियुक्ति हुँदाकै पेश गरेका थिए । तर उनले पेश गरेको नागरिकतामा फरक जन्म मिति रहेको पाइएको थियो ।आयोगका अनुसार उनले २०२० वैशाख २७ गते उल्लेख भएको वंशजको आधारमा प्राप्त गरेको नागरिकता पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस