‘संविधानले आधारभूत तह (८ कक्षा) सम्म अनिवार्य शिक्षा किटान गरे पनि २३ प्रतिशत विद्यार्थी त्यसअघि नै पढाइ छाडछन्’
सरकारले भर्ना अभियानमा जोड दिइरहेका बेला अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विद्यालयमा विद्यार्थी टिकाउनु चुनौतीपूर्ण देखिएको औंल्याइएको छ ।
सर्वेक्षणले आधारभूत तह (कक्षा ८) पनि पास नगरी पढाइ छाड्नेको संख्या उच्च रहेको जनाएको छ ।
८ कक्षा पास नगरेकालाई सरकारले दिने सेवाबाटै वञ्चित गर्ने गरी शिक्षाको अधिकारसम्बन्धी ऐन मस्यौदा भइरहँदा सर्वेक्षणले भने ७७ प्रतिशत विद्यार्थी मात्रै ८ कक्षासम्म टिक्ने गरेको देखाएको छ । ७ प्रतिशतले कक्षा दोहोर्याउने गरेको र ४ प्रतिशतले बीचैमा पढाइ छाड्ने गरेको देखिएको छ ।
‘विद्यालय तहमा विद्यार्थी टिकाइराख्न थप प्रयास गर्नुपर्नेछ,’ प्रतिवेदनमा भनिएको छ । कक्षा ८ सम्मलाई अनिवार्य शिक्षा भनेर संविधानमै उल्लेख गरिए पनि उक्त तह उत्तीर्ण नगरी पढाइ छाड्ने क्रम नरोकिएको हो । यसले सरकारको लक्ष्य हासिल गर्नै चुनौती बन्ने देखिन्छ ।
शैक्षिक सत्र २०७४ मा कक्षा १ देखि ५ मा भर्नादर ९५ प्रतिशतभन्दा माथि देखिएको छ । कक्षा ६ देखि ८, ९ र १० तथा ११/१२ मा उक्त दर क्रमश: घटदै गएको छ । कक्षा ६ देखि ८ मा औसत भर्नादर ८७ प्रतिशत छ ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ जेठ २०७५, ०७ : ४३
लेखकबाट थप