नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, ११ : ४४
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

चितवन । पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा ल्याइएको छ ।

ईच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको सडक भर्खर ११ः१५ बजेबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस