काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार राति भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ। अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २११ रन बनाएको थियो।
ओमानका लागि जीसान मक्सुदले १२६ बल खेल्दै अविजित १०४ रन बनाए। नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे। सोमपाल कामीको नाममा १ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १९८ रन मात्र बनायो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाए भने देव खनालले ३४ रनको पाली खेले।
ओमानका जीसान मक्सुद र खावर अलीले समान ३र३ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे। यससँगै नेपाल लिगमा १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा यथावत छ। नेपालले शनिबार अमेरिकासँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ जेठ २०७९, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम
ओमानविरुद्ध नेपालको शानदार जित
नेपालले आज ओमानसँग खेल्दै
ओमानमा मनाइयो नेपालको राष्ट्रिय दिवस र संविधान दिवस
ओमानका विदेशमन्त्री काठमाडौँमा
ओमान टी-२० विश्वकपबाट बाहिरियो