काठमाडौँ । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छन् ।
उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी मंगलबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० भदौ २०८१, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम
ओमानविरुद्ध नेपालको शानदार जित
नेपालले आज ओमानसँग खेल्दै
ओमानमा मनाइयो नेपालको राष्ट्रिय दिवस र संविधान दिवस
ओमान टी-२० विश्वकपबाट बाहिरियो
ओमानमा बाढीवाट मृत्यु हुनेको संख्या १८ पुग्यो, दुइ अझै बेपत्ता