काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न विभागमा मनोनयन गरेको छ । बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार विभिन्न विभागमा मनोनयन गरेका हुन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार स्थानीय तह परिचालन विभाग प्रमुखमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरिएको छ । यस्तै महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाही, शिक्षा विभाग प्रमुखमा केन्द्रीय सदस्य डा राजेश गरी र सामाजिक विभाग प्रमुखमा ज्वाला संग्रौलालाई नियुक्त गरिएको छ ।
यस्तै पार्टीको विवाद समाधान समितिलाई पनि पूर्णता दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ जेठ २०७९, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिङ्देनले लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा राप्रपा बैठकमा आलोचना
राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी
राप्रपाको केन्द्रीय समिति बैठक आजबाट
राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै, केन्द्रीय समिति बैठक भोलिदेखि
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
पृथ्वी जयन्तीको अवसरमा राप्रपाको चियापान समारोह (तस्बिरमा )