नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

रासस

विहीबार, २६ जेठ २०७९, १३ : ५२
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड  सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्यान्हदेखि सो खण्ड सुचारु भएको हो । 

इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।  बुधबार राति ११ : १५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ : ०५ बजेबाट सञ्चालनमा आएको हो ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ : ५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।

प्रतिक्रिया दिनुहोस