चितवन । घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा मंगलबार दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २४ जेठ २०७९, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा बाघको आक्रमणबाट एक बृद्धको मृत्यु
कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
दाङमा बाघको आक्रमणबाट च्याउ टिप्न जंगल गएका ३ महिला घाइते