कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, १२ : १५
कञ्चनपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

दोधारा चाँदनी नगरपालिका-२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिए ।

खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरे उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ । स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस