दाङमा बाघको आक्रमणबाट च्याउ टिप्न जंगल गएका ३ महिला घाइते

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १३ : २३
दाङमा बाघको आक्रमणबाट च्याउ टिप्न जंगल गएका ३ महिला घाइते

रूपन्देही । दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् ।

नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरूलाई बाघले झम्टिएको प्रहरीले जनाएको छ । घाइतेहरूमा तुलसीपुर-९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाका अनुसार उनीहरूलाई बिहान बाघले झम्टिएको हो । कमलाको दुवै हातमा सामान्य चोट लागेको छ, सीताको ढाड र पेटमा साथै सरिताको दायाँ हातमा सामान्य चोट छ ।

उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस