काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ ।
जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो ।
सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरुलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय भएको बताएका छन् । त्यसका लागि पार्टी सदस्यहरुबाट न्युनतम १०० रुपैयाँ आर्थिक सहयोग संकलन गरी एक महिनाभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिएको एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा