काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ।
चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत वर्षको सोही अवधिको तलनामा भने लगभग तेब्बर बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ लाख ७१ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रमस्वीकृति लिएका थिए ।
कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको खुकुलोका कारण कोरोना संक्रमणका बीच पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उल्लेख्य वृद्धि भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ जेठ २०७९, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण
अब १ घण्टाभित्र श्रम स्वीकृति दिन्छौँ : मन्त्री अर्याल
एक घण्टामा श्रम स्वीकृति दिन नसकिने
८ महिनामा ४ लाख ७१ हजार श्रम स्वीकृति