काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ।
‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। यो नियमित प्रतिक्रिया हो।’
एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ।
त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सिफारिस भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ जेठ २०७९, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल