काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप लगाएका हुन् ।
सरकार व्यवस्थापक पनि होइन, नियमनकाकर्ता पनि होइन, व्यापारी पनि होइन, सरकार रमिते,’ उनले भने, सरकारलाई थाहा थिएन, रुस–युक्रेन युद्ध भएको कुरा भरखर थाहा पायो ? सरकारले यो थाहा पाएन कि अमेरिकाले ४५ अर्ब डलरको तेल रुससितै किनेको भन्ने कुरा थाहा पाएन ।’
कर्णालीमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने विषय नीति तथा कार्यक्रममा नपरेको भन्दै उनले पेट्रोलियम पदार्थ र खाद्यान्नमा सबैभन्दा बढी डलर विदेशिएने भएकाले दुई चार महिनामै श्रीलंकाको हालतमा पुग्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० जेठ २०७९, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गोकुल बास्कोटा
राजा फर्काउने हल्लाको चुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने : गोकुल बाँस्कोटा
सरकारले आफ्नो कुरा नसुनेको गोकुल बास्कोटाको गुनासो
सूचना प्रवाह नियन्त्रण होइन, नियमन गर्नुपर्छ : गोकुल बास्कोटा
समितिमा आएका उजुरी केबल सूचना हुन् : गोकुल बास्कोटा
हाइट र लाइट एमालेकै टोपी, धोती लगाएर बढाए : गोकुल बास्कोटा