काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल राजा फर्काउने हल्ला फैलाएर पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट बढाउने योजना रहेको दाबी गरेका छन्।
त्यसो त राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्न भनेर पुराना पञ्च नेता नवराज सुवेदीको संयोजकत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरिए पनि उनको नेतृत्व अस्वीकार गर्दै राप्रपा अलग भएको मात्र छैन, यही कुराले आफैँ विभाजित भएको छ।
यसैबीच पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले खासमा राप्रपाहरूको योजना राजाको हल्ला गरेर आफ्नो संगठन विस्तार गर्ने र आगामी चुनावमा भोट थप्ने रहेको टिप्पणी गरेका हुन्।
‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो। अरू त आकाशको जूनतारा खसाल्ने सपना न हुन्’, बाँस्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था फर्काउने कुरा आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो : गोकुल बास्कोटा
सरकारले आफ्नो कुरा नसुनेको गोकुल बास्कोटाको गुनासो
सूचना प्रवाह नियन्त्रण होइन, नियमन गर्नुपर्छ : गोकुल बास्कोटा
समितिमा आएका उजुरी केबल सूचना हुन् : गोकुल बास्कोटा
हाइट र लाइट एमालेकै टोपी, धोती लगाएर बढाए : गोकुल बास्कोटा
यो सरकार फेल भयो भने धेरै कुरा फेल हुन्छः गोकुल बाँस्कोटा