सुर्खेत । नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषा अदालतमा मुद्दा दायर गरेको छ ।
संस्थाका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
सुर्खेतको तत्कालीन गढी, लेखगाउँ, कुनाथरी गाउँ विकास समितिमा सिस नेपाल संस्थाले दिगो आयआर्जन व्यावसायिक अदुवा खेतीका लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भर्पाइ बनाई रकम भुक्तानी लिएको थियो ।
राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल, सुर्खेतले मिति २७ चैत २०७३ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रवर्द्धन गर्ने भनेर सिस नेपालका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरेको दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सचिव डा. सिंहसहित आठ जना र एक कृषि फार्मविरुद्ध भ्रष्टाचार मुद्दा दायर