काठमाडौं । पत्नी हत्याको अभियोगमा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरारञ्जन कोइरालालाई सेन्ट्रल जेल लगिएको छ । फरारकै क्रममा पक्राउ परेका कोइरालालाई सोमबार काठमाडौं जिल्ला अदालतले कैदी पुर्जी जारी गरी २०९० साल मंसिर १३ गतेसम्म थुनामा राख्न आदेश दिएको छ ।
कोइराललाई अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए त्यसपछि छोड्न पनि सक्ने अदालतले भनेको छ । यसअघि २० वर्ष जेल चलान गर्ने निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए कोइराला । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो ।
सर्वोच्चको फैसलासँगै उनी ८ वर्ष ६ महिना जेल बसिसकेका थिए । तर सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावेदन निवेदन परेपछि मुद्दा पुनः ब्यूँतिएको थियो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उक्त मुद्धा उल्टाउँदै कोइरालालाई २० वर्ष नै जेल सजायको फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ जेठ २०७९, १८ : ५५
लेखकबाट थप